नियम ९५
बोलपत्र सम्बन्धी कागजातमा समावेश गर्नु पर्ने कागजात
खरिद गरिने मालसमान,
निर्माण कार्य वा अन्य सेवाको प्रकृतिलाई विचार गरी बोलपत्र सम्बन्धी कागजातमा
आवश्यकता अनुसार देहायका कागजात समावेश गर्नु पर्नेछ ः–
(क) बोलपत्र निर्देशिका तथा बोलपत्र फाराम,
(ख) बोलपत्र जमानतको ढा“चा,
(ग) कार्यसम्पादन जमानतको ढा“चा,
(घ) पेश्की भुक्तानी जमानतको ढा“चा,
(ङ) खरिद सम्झौताको शर्त र नमूना,
(च) स्पेसिफिकेशन र नक्सा,
(छ) कार्य प्रारम्भ र सम्पन्न गर्ने समयको कार्य तालिका, भुक्तानी गरिने मुद्रा,
सामग्री उपलब्ध हुन सक्ने स्रोत र स्थान,
(ज) अन्य आवश्यक कागजात ।